
ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ

नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए ।
“पक्राउ पुन विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना, डाँका, चोरी तथा कुटपिटका घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पुनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी बरामद गरेको छ । पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको प्रवक्ता महतोले बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ