बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकसी : बेलीब्रिज स्थानान्तरणमा समस्या

मङ्गलबार, ०४ माघ २०७८, ०७ : ५५
मङ्गलबार, ०४ माघ २०७८

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पक्की पुल निर्माण भएपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण अन्तिम चरणमा पुगेकाले पोखरेबगरको बेलीब्रिज पनि विस्थापित हुँदैछ । राहुघाट खोलाको १०० फिट, तिप्ल्याङको १५० फिट र पोखरेबगरको बेलीब्रिज १६० फिट लामा छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेखोलामा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल सम्पन्न भएपछि त्यहाँको बेलीब्रिज पनि विस्थापित गर्नुपर्ने छ ।

बेलीब्रिज स्थानान्तरणका विषयमा गत कात्तिकमा भएको जिल्लासभामा छलफल भए पनि जनप्रतिनिधिको मत बाँझिएपछि निर्णय हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए । विसं २०५८ देखि सुरु गरी २०६५ मा सकिएको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा नेपाली सेनाले नौवटा बेलीब्रिज बनाएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले प्रयोगविहीन भएका बेलीब्रिज उपयुक्त र आवश्यक पर्ने ठाउँमा स्थानान्तरण गर्न सहमतिमा निर्णयको प्रतिक्षामा रहेको बताए । 

आयोजनाले प्रयोगविहीन बनेका बेलीब्रिज झिकेर बेनी–जोमसोम सडककै बेगखोला, रुप्से र खहरेखोलामा राख्न प्रस्ताव गरेको छ । “बेगखोला र रुप्सेमा बर्खायाममा यातायात अवरुद्ध भएर यात्रुले सास्ती पाएका छन्”, उनले भने, “जिल्लास्तरमा सहमतिमा स्थानको सिफारिस र विभागले निर्णय गरिदिए हुन्थ्यो ।” 

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगविहीन बनेका बेलीब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच रस्साकसी सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहित स्थानीय काँग्रेस नेता पर्वतको जलजला–२ बगरफाँट र म्याग्दी सदरमुकाम बेनी जोड्ने कालीगण्डकी नदीमा बेलीब्रिज राख्न जोड गरेका छन् । 

करिब ३०० घरधुरीको बसोबास रहेको बगरफाँट जोड्ने सडक कालीगण्डकीले कटान गरेपछि यातायात सम्पर्कविच्छेद भएको छ । म्याग्दीका केही नेताले भने बेनी–दरबाङ सडकअन्तर्गतको फापरखेतको पहिराले बर्खामा दुःख दिने भएकाले मङ्गलाको पखेर र सिमलचौरको सिमाना म्याग्दी नदीमाथि बेलीब्रिज स्थानान्तर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप