बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको अरुणान्चल प्रदेशमा भूकम्प

मङ्गलबार, ०४ माघ २०७८, १० : ३८
मङ्गलबार, ०४ माघ २०७८

भारतको अरुणान्चल प्रदेशमा भूकम्प गएको छ । अरुणान्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्र बिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए । भूकम्प अरुणान्चल प्रदेशका  अन्य जिल्लामा पनि महशुस गरिएको थियो ।

यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप