बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति पनि टिकटकमा, निक जोनससँगको भिडियो भाइरल

मङ्गलबार, ०४ माघ २०७८, १२ : १८
मङ्गलबार, ०४ माघ २०७८

जो बाइडेन २० जनवरीमा अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो पहिलो वर्ष पुरा गर्दैछन् । ७९ वर्षका बाइडेन अमेरिकाकै सबैभन्दा जेठा राष्ट्रपति हुन् । पछिल्लो निर्वाचनमा बाइडेनलाई ४५ वर्ष भन्दा कमका ६६ प्रतिशत मानिसले भोट दिएका थिए । सन् २०२१ को डिसेम्बरको सर्वेक्षणमा बाइडेनलाई अब यसै समूहका ५० प्रतिशत मानिसको समर्थन प्राप्त भएको छ । आफ्नो लोकप्रियता फर्काउन उनले चिनियाँ प्लेटफर्म टिक–टकको सहारा  लिदैँछन् । चुनावको समयमा उनले यसको घोर बिरोध गरेका थिए ।

बाइडेनले ट्वीट असाध्यै कम गर्छन् । यस्तो अवस्थामा बाइडेनको प्रचार टोली टिक–टकमा उनको भिडियो पोष्ट गरिरहेका छन् । यस टोलीमा सोशल मिडिया विज्ञ र प्रभाव पार्ने खालका मानिस पनि समावेश छन् । यसपछि टिकटकमा बाइडेनको भिडियो भाइरल हुन थालेको छ ।

केही महिनापछि हुने मध्यावधि चुनावमा डेमोक्रयाटिक पार्टीको जीतका लागि युवाहरुको समर्थन आवश्यक भएकाले पनि बाइडेनलाई यसको आवश्यकता छ ।

निक जोनससँग बाइडेनको भिडियो भाइरल:

बाइडेनले बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनसलाई ह्वाइट हाउसको राजदूत बनाएका छन् । निक र उनका भाइसँग बाइडेनले एउटा भिडियो बनाएका थिए ।

यो भिडियो टिकटकमा सेयर गरिएको छ । सेयर गरेको २४ घण्टामै यसको ५० करोड भ्यूज, एक करोड लाइक र ५ लाख सेयर भएको थियो ।

टिकटकमा बाइडेनको २५ सदस्यीय टिम सक्रिय:

ह्वाइट हाउसमा बाइडेनलाई युृवामाझ लोकप्रिय बनाउन २५ मानिसको टोली बनाइएको छ । यो टोलीले बाइडेनको भिडियो टिकटकमा पोस्ट गरिरहेका छन् । सुरुवातमा कोरोना खोप सहित अन्य भिडियो टिकटकमा पोस्ट गरिँदै आइएको थियो । बाइडेन प्रशासनले यो अभियानलाई  ‘मीट द पिपुल ह्वेर देइ आर’ नाम दिएको छ । यसमार्फत् सोसल मिडियामार्फत् मानिससँग जोड्ने रणनीति बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप