शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्को ‘डेडलक’ हट्छ भन्नेमा विश्वास छ : मन्त्री कार्की

मङ्गलबार, ०४ माघ २०७८, १२ : ४३
मङ्गलबार, ०४ माघ २०७८

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् । 

‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएको थियो’, मन्त्री कार्कीले भने, ‘त्यसमा प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित हुनुभएन । त्यसपछि बारम्बार संसद्लाई सुचारु गर्नका निमित्त प्रयत्नहरू सरकारले गरिरहेको छ ।’

त्यसै सिलसिलामा आफूले समेत प्रमुख प्रतिपक्ष दलको नेतालाई भेट गरेको भन्दै उनले केही दिन अगाडि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलको नेताको निवासमै गएर लामो वार्ता गरेको बताए । ‘संसद् सुचारु गर्ने दायित्व सरकारको जति छ त्यति नै दायित्व प्रमुख प्रतिपक्ष दलको पनि हुने हुनाले यो ‘डेडलक’ हट्छ भन्ने कुरामा सरकारलाई विश्वास छ’, मन्त्री कार्कीको विश्वास छ ।  सो क्रममा उनले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप