शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहर- प्रशासनद्वारा पालिकालाई बारअनुसारको सेवा दिने निर्णय

मङ्गलबार, ०४ माघ २०७८, १२ : ४५
मङ्गलबार, ०४ माघ २०७८

जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँ रुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही माघ ७ गतेदेखि लागू हुने गरी  पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिका, मङ्गलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, बुधबार सुर्नया गाउँपालिका, बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान गरिनेछ । 

प्रशासनमा सेवा लिन आउँदा खोपको पूर्ण मात्र लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने छ । कोरोनाको जोखिम बढ्दै गएपछि २५ जना भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ । स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नुपर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ । जिल्लामा हालसम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप