सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर
अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए ।
यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन् । उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन् । प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना तीन ठूला फिल्ममा अफर गरेको छ ।
उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना तीन फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो । अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन् । यद्यपि अभिनेत्री र प्रोडक्सन हाउसले यो विषयमा स्वतन्त्र पुष्टि गरेको छैन ।
सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन-अफमा काम गर्दैछिन् । उनको हातमा ‘काथु वकुला रेंडु काधल’ (तमिल), ‘शाकुंतलम’ (तेलुगु), ‘यशोदा’ (तेलुगु), र ‘अरेन्जमेन्ट अफ लव’ (इन्टरनेसनल डेब्यू) जस्ता कैयौं प्रोजेक्ट छन् । सामन्था पछिल्लोपटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यो गीतका लागि पाँच करोड पारिश्रमिक लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण