बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै बैठक कक्षमा प्रधानन्यायाधीशले राखे फुलकोर्ट

मङ्गलबार, ०४ माघ २०७८, ०६ : ००
मङ्गलबार, ०४ माघ २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै बैठक कक्षमा फुलकोर्ट राखेका छन् । उनले बैठकमा आफूपनि बस्ने बताएका छन् । तर, अन्य न्यायाधीशहरु यसबारे केही बोलेका छैनन् । यसअघि न्यायाधीशहरूले प्रधानन्यायाधीशहरुसँग बेञ्च सेयर नगर्ने बताएका थिए । तर यो बेन्च (इजलास) नभएर आन्तरिक मिटिङ हो ।

न्यायाधीशले प्रधानन्यायाधीश बैठकमा बस्ने या नबस्ने भन्नेबारे थाहा नभएको यद्यपि फुलकोर्ट भने बस्ने बताए  ।  कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप