शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लामो दुरीका यात्रुले एन्टिजेन परीक्षण गर्नुपर्ने

मङ्गलबार, ०४ माघ २०७८, १५ : १७
मङ्गलबार, ०४ माघ २०७८

काठमाडौं जिल्ला प्रशासनले लामो दुरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्र यात्रा गराउनुपर्ने आदेश जारी गरेको छ ।

मंगलबार नयाँ आदेश जारी गर्दै काठमाडौ प्रशासनले सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, यात्रुलाई अनिवार्य मास्क अनिवार्य गर्ने,सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने लगायतका व्यवस्था गर्न आदेश दिएको छ ।

खोपकार्ड अनिवार्य 

जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :
१. भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप गर्दा ।
२. सार्वजनिक निकायमा सेवा प्राप्त गर्न
३. रङ्गशाला प्रवेश गर्ने
४. होटल र रेस्टुरेन्टमा प्रवेश गर्न

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप