बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२ विशेषसहित ६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित)

मङ्गलबार, ०४ माघ २०७८, १५ : २२
मङ्गलबार, ०४ माघ २०७८

नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।

गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्ला अधिवेशनमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा नेतृत्व चयन र समापन बाँकी रहेको  छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने एमालेले जनाएको छ । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरूमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवेशनहरू पनि सम्पन्न भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप