शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका होटल र रेस्टुरेन्ट र ग्राहकलाई यी मापदण्ड

मङ्गलबार, ०४ माघ २०७८, १५ : ३०
मङ्गलबार, ०४ माघ २०७८

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको छ । 

मंगलबार प्रशासनले २७ बुँदे आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको हो । जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ । 

होटल तथा रेस्टुरेन्टमा कोही मास्क नलगाइ आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ । त्यसैगरी होटल रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र नियमित रूपमा होटल रेस्टुरेन्ट स्यानिटाइज गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप