बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा प्रशासनले सेवा प्रवाहका लागि दिन तोक्यो, खोप कार्ड अनिवार्य

मङ्गलबार, ०४ माघ २०७८, १५ : ४२
मङ्गलबार, ०४ माघ २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहका लागि दिन तोकेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारणले त्यसको रोकथाम र नियन्त्रणका लागि दिन तोकेको हो । 

कार्यालयको सार्वजनिक सेवा प्रवाहमा भिडभाड बढेको र कार्यालयबाट सेवा प्रवाह हुने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहित मतदाता नामावली, विद्युतीय राहदानी सेवा कार्यका लागि दिन तोकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए । अब दिनमा जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहका लागि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने भएको छ । 

त्यस्तै, सेवा प्रवाहका लागि सुर्खेतका स्थानीय तहले दिन तोकिएको छ । लेकबेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका लागि लाभग्राहीका लागि आइतबार र शुक्रबार दिन सेवा प्रवाह हुनेछ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका लाभग्राहीका लागि मात्र सेवा प्रवाह हुनेछ । 

सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । बिहीबार र शुक्रबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, र चौकुने गाउँपालिकाका लाभग्राहीले सेवा पाउने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप