नेप्सेमा सामान्य करेक्सन, कारोबार भने घटेन
मङ्गलबार, ०४ माघ २०७८, १५ : ५२
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । केही दिनयता लगातार बढिरहेको नेप्सेमा मंगलबार ०.३७ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ०.३७ अंकले घटेर २९ सय ३६.६६ विन्दुमा झरेको हो । गत सोमबार यस्तो सूचक २०.६४ अंकले बढेर २९ सय ४६.३८ अंकमा रोकिएको थियो ।
यद्यपि, यस दिन नेप्सेमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने कमी आएको छैन । नेप्सेका अनुसार आज एक करोड ६० लाख कित्ता माथिको सेयर बजारमा एक लाख १५ हजार भन्दा बढी पटक किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ ।
सोमबार २० अंकले बढेको बजारमा ७ अर्ब ९० करोड १८ लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।