बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०४ माघ २०७८, १६ : २०
मङ्गलबार, ०४ माघ २०७८

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ।  आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप