
४२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ

करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ । काठमाडौँबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण २ घर भएका २९ वर्षीय अङ्कित सुनारसमेत समातिएका छन् ।
सुनारको साथबाट ५ थान सिक्री, एक थान औँठी र एक जोर रिङ गरेर कूल २१ तोला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले सुनाए ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ