शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कति छन् काठमाडौँ उपत्यकामा सक्रिय कोरोना सङ्क्रमित ?

मङ्गलबार, ०४ माघ २०७८, १९ : ५१
मङ्गलबार, ०४ माघ २०७८

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा ५ हजार ५ सय ४९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा चार हजार चार, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा देशभर कूल परीक्षणको ४४.९ प्रतिशत सङ्क्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । हाल काठमाडौँमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कूल  २४ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै आज देशभर १० हजार २५८ जनामा कोरोना सङ्क्रमण भएको छ । कोरोना महामारी सुरु भएयता एक दिनमै सङ्क्रमण भएको यो सङ्ख्या सबैभन्दा धेरै हो । आज २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा कूल ९ लाख ७२ हजार १९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप