शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु

मङ्गलबार, ०४ माघ २०७८, २१ : १९
मङ्गलबार, ०४ माघ २०७८

काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । 

फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएकोले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।  नेपाल र मोरिसस बीच दशरथ रंगशालामा  माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । काठमाडौँमा नै जारी रहेको ए डिभिजन लिगको नवौँ चरण सोमबार सकिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।

मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रूपमा संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रूपमा टिममा बोलाएका हुन । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्बाददाताहरु सँग कुरागर्दै मुख्य प्रशिक्षक  अल्मुताइरीले मौरिसस बिरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । मौरिसस बिरुद्धको खेलमा  केहि नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक  अल्मुताइरीले दिएका छन् ।

यस्तै सहायक प्रशिक्षकको रूपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफुले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफुलाई र खेललाई अझ निखार्ने बताएका छन् । यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अस्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन् । जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन् । तर नेपालमा बढ्दै गएको कोभिड सङ्क्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ । सरकारले जारी गरेको निषेधाज्ञा र बढ्दो सङ्क्रमणको जोखिम बीच खेल खेलाउनु आफैमा जोखिम पनि हो ।  यस्तै नेपाली फुटबल टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि कोरोना सङ्क्रमण भएका खेलाडीहरू निको भएर आए पछि सम्पूर्ण टिमको  प्रशिक्षण गर्ने एन्फाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप