सर्लाहीमा बस दुर्घटना हुँदा, १७ जना घाइते
मङ्गलबार, ०४ माघ २०७८, २१ : २८
सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खस्दा १७ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको हरिवनस्थित नमुना अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २५ जना सवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी