ad
x

कसका लागि काँग्रेस ?

person explore access_timeमाघ ५, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न भैसकेपछि विधान अनुसार तृण तहदेखि टुप्पो तहसम्मको निर्वाचन भइसकेर पार्टीले आफ्नो आन्तरिक स्पन्दनलाई संस्थागत गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अपेक्षाभन्दा फरक ढंगले दलभित्र मजबुत भएर उदाएका छन् । अहिले सरकार गठबन्धनको भएपनि यो गठबन्धनको स्थायित्व उनकै चाहनामा टिकेको छ । देउवाले चाहेको खण्डमा सरकारका सहयोगी दलहरुको उत्थान र पतन अल्झिएको छ । सरसर्ती हेर्दा देउवाको नेतृत्वले सरकार र पार्टीमा निरन्तरता पाइरहेको अवस्था छ । तर पनि काँग्रेस संकटले ग्रस्त छ ।


काँग्रेसभित्रको राजनीतिक संकट निकै गहिरो, सघन र व्यापक छ । प्रधान वा भनूँ सेनापति हुन चाहने र कार्यकर्ताहरु सबै रहेको वर्तमान परिस्थिति र उनीहरुको मनस्थितिमा फेरबदल आउँदै गएको छ । अझ अहिलेको दलपतिले निरंकुश, केन्द्रिकृत र गुटगत शासन चलाउन चाह्यो भने त्यो सम्भव छैन । तथापि हामी हेरिरहेका छौंः– देउवाले जसलाई चाहे तिनैलाई केन्द्रीय सदस्यमा ल्याएका छन् ।



नेपाली काँग्रेस भनेको पराजितहरुको पनि हो । पराजितहरु पराया होइनन् । संस्थापनपक्ष र संस्थापनइतरपक्ष यी दुई शब्द नै भ्रम र धोखा हुन् । यो सोचलाई मानिएन भने र दलपतिले आफ्नो एकलौटीपनको सिमाभित्र मात्रै अडिएर बस्न चाहे समस्याको समाधान हुँदैन । दलपतिसँग अरु विकल्पहरु पनि होलान् र ती विकल्पहरुले कार्यमूलक ढंगबाट समस्याको समाधान दिन सक्छन् भने हामी काँग्रेसीजनलाई आपत्ती हुँदैन होला ।



कार्यकर्ताहरु र शुभेच्छुकहरु यथास्थितिमा रमाउन चाहिरहेका छैनन् । यथार्थ के हो भने उनीहरु पहिले जस्तै बाँच्न पटक्कै तम्तयार छैनन् । उनीहरु सजग, सचेत, संगठित र संघर्षशील कार्यकर्ता भएर अस्त्विवान् हुन चाहन्छन् र त्यसका लागि प्रयत्नशील पनि छन् । यसैका संकेतहरु हुन् – विभिन्न तहमा युवा पुस्ताको जबरजस्त हस्तक्षेप । पार्टीभित्रको प्रतिस्पर्धामा अर्को प्रतिस्पर्धी समेत उच्च कोटीको प्रतिस्पर्धा दिन पुगेका छन् । यो दलभित्रको द्वन्द्वरत वस्तुगत परिस्थिति र बदलिँदो समय अनि विकासमान नेतृत्वहरुको संघर्षको फलस्वरुप यो परिस्थिति उत्पन्न भएको हो ।



दलभित्रको प्रतिस्पर्धामा अनेकौं प्रतिबद्ध कार्यकर्ताहरु मूलधारबाट अनेकौं तात्कालिक कारणहरूले पछाडि परेका छन् । जो कार्यकर्ताहरु नेतृत्वमा पुगेर वर्तमान हाँक र हौसला दललाई दिनसक्थे तिनीहरु जिम्मेवारी बाहिर राखिन पुग्नु दलका लागि चिन्ताको विषय हो । अहिले नै कतिपय विषयहरु परिपक्व बनिसकेका त छैनन् तर पनि यसरी चुनावी प्रतिस्पर्धाबाट किनारीकृत हुन पुगेका योग्य र सामथ्र्यवान कार्यकर्ताहरुको रिक्तताले देखापर्ने जटिलताहरु र विषयवस्तुको प्रारम्भिक प्रवेश भैसकेको छ ।



अहिले मैले पनि जे कुरा भनिरहेको छु, त्यो मलाई मात्र चित्त बुझ्ने र पुग्ने किसिमले भनिरहेको छैन । अहिले काँग्रेसको संकट टुङ्ग्याउन कहाँसम्म जानुपर्ला र कहाँसम्म जाँदा मलाई आपत्ति हुँदैन भन्नेसम्मको कुरा पनि एक एक काँग्रेसीजनले सोच्नुपर्ने भएको छ । अहिले काँग्रेसको आन्तरिक संकट समाधानका लागि नेतृत्व पनि आउन सक्ने र आम काँग्रेसीजनको चाहना पनि पुग्न सक्ने ठाउँ भनेको उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिनु नै हो ।



नेपाली काँग्रेस भनेको पराजितहरुको पनि हो । पराजितहरु पराया होइनन् । संस्थापनपक्ष र संस्थापनइतरपक्ष यी दुई शब्द नै भ्रम र धोखा हुन् । यो सोचलाई मानिएन भने र दलपतिले आफ्नो एकलौटीपनको सिमाभित्र मात्रै अडिएर बस्न चाहे समस्याको समाधान हुँदैन । दलपतिसँग अरु विकल्पहरु पनि होलान् र ती विकल्पहरुले कार्यमूलक ढंगबाट समस्याको समाधान दिन सक्छन् भने हामी काँग्रेसीजनलाई आपत्ती हुँदैन होला ।



एउटा विभाजित काँग्रेस आगामी निर्वाचनमा सफल हुन सक्दैन । महाधिवेशन पश्चात काँग्रेस ऐक्यबद्ध भएर उचालिएको छ कि टुक्राटुक्रामा छरपस्टिएको छ ? टुप्पो तहको चुनावमा गैर संसदीय शब्दहरुका प्रयोग भएनन् । काँग्रेसको मुख्यधारको नारा र अडानभन्दा टाढिएर कोही पनि प्रतिस्पर्धी जान चाहेनन् । एक अर्काप्रति हिलो छ्यापाछ्याप भएन । एक अर्काको अस्तित्वलाई स्वीकार गर्दै स्वस्थ प्रतिस्पर्धा गरियो ।



निर्वाचनको परिणामलाई असफल पक्षले समेत सहज ढंगले स्वीकार गरे । चुनाव जित्नैका लागि अनैतिक गठबन्धन वा बाचा गरिएन । कसैले पनि इतिहास बनिसकेको राजसंस्थालाई फर्काउने वा हिन्दू राष्ट्र स्थापना गर्ने नारा दिएनन् । कोही पक्ष पनि दक्षिणी वा उत्तरी पक्ष भएर देखा परेनन् वा एक अर्का पक्षले फलानो उत्तरी वा दक्षिणीको प्रत्यासी भनेर आक्षेप लगाएनन् । तर, दलको आन्तरिक चुनाव अत्यन्त खर्चिलो भयो । काँग्रेस जस्तो पार्टीले आफ्नै कार्यकर्ताहरुबीचको प्रतिपस्पर्धाका लागि ‘‘किन्ने र बिक्ने’’ जस्ता प्रकृयाहरु सुनिनमा आउँदा त्यसले दलको निष्ठालाई आघात पु¥याउँछ । काँग्रेसभित्र धनीहरु पनि छन् तर उनीहरु साद्गी, मितव्ययिता र प्रतिबद्धताका लागि चिनिन्छन् । काँग्रेसभित्र सर्वहारा पनि छन् तर तिनले बोकेको सैद्धान्तिक निष्ठाप्रति अरबपतिहरु पनि नतमस्तक हुन्छन् । यो काँग्रेसको विशेषता हो ।

यतिबेला काँग्रेसले आफूलाई सांगठनिक रुपमा बलियो बनाउन आवश्यक छ । जतिसुकै कमजोरी भएपनि काँग्रेस लोकतान्त्रिक पार्टी हो । यसको लोकतान्त्रिक आचरणको विवाद भलै प्रतिस्पर्धी दलहरुका लागि स्थायी चरित्रका रुपमा विकसित भए पनि लोकतन्त्रको प्रश्नमा यो पार्टी अहिलेसम्म पछि हटेको छैन ।

शासनमा लामो समय रहँदा नेपाली काँग्रेसले आफ्नो बाटो बिराउँछ । काँग्रेस सरकारमा रहेर उँभो लागेको उदाहरण साह्रै कम नै छ । परिस्थितिजन्य कारणले काँग्रेस सरकारको नेतृत्व गर्न पुगेको छ । सबै कुरा सहज रह्यो भने काँग्रेसकै नेतृत्वमा आगामी चुनाव सम्पन्न हुन्छ । काँग्रेस सरकारबाट  अलग्गिएर चटक्क हिड्न सक्ने अवस्था छैन । काँग्रेसले गर्न सक्ने भनेको गठबन्धन दललाई अग्रगामी एजेण्डाहरुमा हिँडाउन सक्नु नै हो ।

कसैले पनि र स्वयं डा. कोइरालाले पनि के बिर्सनु हुँदैन भने उनी दलीय संरचनामा छायाँ सभापति हुन् । उनको गरिमा र भूमिका स्थापित गर्नमा सभापतिको पनि त्यत्तिकै भूमिका र जिम्मेवारी छ । स्वयं कोइरालाले पनि कुनै गुट वा समूहको नेता हुनुभन्दा नेपाली काँग्रेसको ‘‘म्यान अफ द एक्सन’’ को परिचय दिने बेला आइसकेको छ ।

संविधानले निर्धारित गरिदिएको मध्यमार्गमा नबिराई, नडराई सबै राजनीतिक शक्तिलाई हिँडाउन सक्नु नै काँग्रेस नेतृत्व सरकारको अभिष्ट हुन सक्नुपर्छ । काँग्रेस उग्रवामपन्थ र उग्रदक्षिणपन्थको उक्साहटबाट जोगिनुपर्छ । गणतन्त्र र संघीयतावादी बहुसंख्यक कार्यकर्ताहरुलाई सम्मान र काम गर्ने स्पेस दिन सक्नुपर्छ । समाजमा इच्छित परिवर्तन ल्याउन काँग्रेसको सरकारले केही निश्चित कार्यभार पुरा गर्नैपर्छ । आगामी चुनाव केवल कम्युनिष्ट सरकारको असफलताको आधारमा मात्र होईन बरु काँग्रेस सरकारको उपलब्धीहरुका आधारमा समेत जनपरीक्षण हुनेछ ।

मूलुकको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली काँग्रेस लोकतान्त्रिक पद्दतिका लागि स्थापित र संघर्षरत भएकै कारण राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा यसको आकर्षण छ । तर काँग्रेस आप्mनो स्थापनासँगै मन कुढ्याँउने रोग बोकेर आएको छ । काँग्रेसमा सैद्धान्तिक विचलनभन्दा कार्यान्वयनको विचलन छ । नेताहरुमा मन नमिल्ने रोगले ग्रस्त छ । एउटा पुरानो र सबै राजनीतिक दलको मिंयो पार्टीको रुपमा काँग्रेस पार्टीको भूमिका उसको आप्mनै आन्तरिक जीवनबाट निर्धारित हुन्छ । तसर्थ काँग्रेसले केवल सत्ताको लागि होइन कि संविधानको रक्षा, स्वीकार्यता विस्तार र कार्यान्वयनका लागि समेत आगामी चुनावबाट सरकारको नेतृत्व गर्नुपर्दछ । प्रादेशिक सरकारहरुको नेतृत्व गर्न सक्ने भविष्य निर्माणका कार्यक्रमहरु ल्याइनुपर्छ । इतिहासलाई स्मरण गरेर वर्तमानमा हातहरु खियाइनुपर्छ । पार्टी निर्माण र सशक्तीकरणको अभियान एउटा व्यक्तिले मात्र चाहेर हुँदैन । तर सामुहिक दायित्वलाई निर्दिष्ट गन्तव्य दिने काम भने नेतृत्वकै हो ।

शेरबहादुर देउवाले चुनाव जिते पश्चात उनले दलभित्र आपूmलाई विजेताको मनोविज्ञानमा राखेका छन् । डा. शेखर कोइराला उनका निकटतम प्रतिस्पर्धी हुन् । दललाई कुनै एउटा गुट विशेषको स्वामित्व प्राप्तिको अवसरको रुपमा लिइयो भने त्यो ऐतिहासिक त्रुटी हुनेछ । डा. कोइरालाले भागबण्डा मागेकै होइनन् । तर, उनले भनेको मुख्य विषय दलभित्र एउटा रीति र स्थिति बसाल्ने हो । नैतिक दृष्टिले सभापति दोषभागी हुनुहोला, तर दलभित्र अनेकौं गुटहरुले संस्थागत रुपमा मलजल पाईराख्ने हो भने अहिले काँग्रेसीजनमा देखिएको तुजुकको पारो निर्वाचनताका तल झर्नेछ ।

कसैले पनि र स्वयं डा. कोइरालाले पनि के बिर्सनु हुँदैन भने उनी दलीय संरचनामा छायाँ सभापति हुन् । उनको गरिमा र भूमिका स्थापित गर्नमा सभापतिको पनि त्यत्तिकै भूमिका र जिम्मेवारी छ । स्वयं कोइरालाले पनि कुनै गुट वा समूहको नेता हुनुभन्दा नेपाली काँग्रेसको ‘‘म्यान अफ द एक्सन’’ को परिचय दिने बेला आइसकेको छ । नेपाली काँग्रेस सभापतीय पद्दतिले सञ्चालन हुँदै आएको पार्टी हो । त्यसैले डा. कोइरालाले काँग्रेसीजनको मर्म बुझ्ने र आम जनतासँग काँग्रेस छ भनेर देखाउने बेला यही हो । केन्द्रीय समितिमा बसेर पार्टी हाँक्नेहरु र केन्द्रीय समिति ताक्नेहरु दुवैथरीमा यस्तो आत्मसोच गर्नेहरु कति छन् नेपाली काँग्रेसमा ?

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X