
फिल्म ‘मीरा’ निर्माण हुने

फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । रोशन कुमारको निर्देशनमा ‘मीरा’ बिन्न लागेको हो । मंगलबार काठमाडौंको गुह्येश्वरी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको छ । सरकारले निर्धारण गरेको २५ जना मानिससम्मको भेला नहुने मापदण्डलाई पालना गर्दै शुभ मुहूर्त गरिएको हो । द लाइफ एक्सप्रेस मूभि मेकर्स प्रालि तथा मझारे इन्टरटेनमेन्टले संयुक्त निर्माण गर्न लागेको फिल्मको शुभ मुहूर्त सट फिल्ममा अभिनय रहने कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले दिए ।
कृष्ण मल्लले निर्देशन,द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन र राजेश बिसुरालले क्ल्याप पड्काएको मुहूर्त कार्यक्रममा लेखक सुशिल देवकोटाले नरिवल फुटाएका थिए ।
कार्यक्रममा निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिए । फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतोत्साहित गर्ने कथावस्तु समेटिएको जानकारी दिइएको छ ।
फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसँगै प्रेम बस्याल,रविना केसी,महेश धामी क्षेत्री लगायतका कलाकारको अभिनय रहनेछ । गोपाल कार्की तथा आरोही श्रेष्ठ निर्माता रहेको फिल्मको कथा प्रेम बस्यालले लेखेका हुन् । फिल्मको पोस्टर समेत अनावरण गरिएको कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने बताइएको छ ।
अमृत पाण्डे छायांकन रहने फिल्ममा राजु श्रेष्ठ,सञ्जय ढुंगाना,उन्नत उप्रेती,मन्जिल श्रेष्ठ,प्रमिला बिक,प्रज्वल गिरीसहित ब्ल्याक यन्ड ह्वाइट सिरियलका चर्चित कलाकारहरु पनि रहने छन् । फिल्मका लागि जे.बी.रुवाली,दिनेशजंग खड्का जस्ता पुराना रङकर्मीले अभिनयको वर्कशप गराउने छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ