मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुलको ब्यागबाट बच्चाको निगरानी, हुवावेले ल्यायो स्मार्ट ब्याग

बुधबार, ०५ माघ २०७८, ११ : ५५
बुधबार, ०५ माघ २०७८

चिनियाँ कम्पनी हुवावेले नयाँ स्मार्ट स्कूल ब्याग ल्याएको छ । यसको सहयोगबाट अभिभावकलाई बच्चाको सुरक्षा गर्न सहयोग मिल्ने छ । यो ब्यागमा हुवावेले एलसीडी डिस्प्ले, स्मार्ट सेडुलिङ फीचर्स र बच्चाको लोकेशन पत्ता लगाउन जीइपीएस कनेक्टिभिटी राखेको छ । हाल यो उत्पादनको परीक्षण भइरहेको छ । 

हुवावे आफ्ना स्मार्टफोन, ल्यापटप, स्मार्टवाच र कम्युनिकेशन हार्डवेयरजस्ता उत्पादनका लागि प्रख्यात छ ।

एपबाट यसरी मिल्नेछ स्मार्ट कनेक्टिभिटीः

​यो स्मार्ट ब्यागको नाम हो हुवावे ‘यूएम स्मार्ट पोजिसनिङ चिल्ड्रेन्स स्कूल ब्याग’ । यो ब्यागको हुवावे स्मार्ट लाइफ एस र हार्मनी ओएससँग सम्पर्क हुन्छ । गिजमोचाइनाको रिपोर्ट अनुसार हुवावे स्मार्ट लाइफ ऐपसँग अभिभावक बच्चासँग घर, स्कूल र अर्को स्थानसँग सम्पर्क राख्न सक्छन् । कुनै विशेष ठाउँ जस्तै घर, स्कूल वा पार्कमा बच्चा पुग्ने बित्तिकै एपमा अलर्ट आउँछ ।

अभिभावकलाई एपको माध्यमबाट बच्चाको लोकेशन रियल टाइममा मिल्छ अर्थात् उनीहरुले आफ्नो बच्चा यो समयमा कहाँ छ भन्ने थाहा पाउनेछन् । स्मार्ट स्कूल ब्यागले हाई–फ्रिक्वेन्सी मोडसहित एपमा प्रयोगको रिपोर्ट प्रदान गर्छ । यो ट्रयाकिङ फीचरमा ब्यागमा हुने जीपीएस कार्यका साथ काम गर्नेछ । चाजै गर्न मिल्ने ब्याट्रीमार्फत् ब्यागमा पाइने सुविधाले धेरै दिनसम्म काम गर्छ र यसलाई धेरैदिनसम्म चार्ज गर्नु पनि गर्दैन ।
 
स्मार्ट ब्यागको मूल्य १३ हजार रुपैयाँः

​यो ब्यागको तौल ०.९ किलोग्रामको छ । कम्पनीले यसलाई दुईवटा रङ स्टारी नाइट ब्ल्यू र मर्निङ पिंकमा लिएर आएको छ । यो ब्यागलाई हुवावे मलबाट ६९९ युआनमा खरिद गर्न सकिन्छ । अर्थात् यसको मूल्य १३ हजार रुपैयाँभन्दा बढी पर्छ । सुरुवाती परीक्षणपश्चात् पाइने फिडब्याकको आधारमा यो सबैका लागि सार्वजनिक गरिने कम्पनीले बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप