शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो गेम निर्माता कम्पनी किन्दै माइक्रोसफ्ट, विश्वकै तेस्रो ठूलो कम्पनी बन्ने

बुधबार, ०५ माघ २०७८, १७ : ०५
बुधबार, ०५ माघ २०७८

माइक्रोसफ्टले भिडियो गेम निर्माता कम्पनी ब्लिजर्डको स्वामित्व किन्ने भएको छ । माइक्रोसफ्टले गरेको घोषणा अनुसार अहिलेसम्मकै उच्च मूल्यमा भिडियो गेम निर्माता कम्पनी किनबेच हुन लागेको हो ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार माइक्रोसफ्टले ब्लिजर्डको स्वामित्व ६८.७ बिलियन अमेरिकी डलरमा खरिद गर्ने छ । यो पछिल्लो समयको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी खरिद बिक्री सम्बन्धी डिल हो । यो डिल सम्पन्न भएपछि माइक्रोसफ्ट भिडियो गेमबाट आम्दानी गर्ने विश्वको तेस्रो ठूलो कम्पनी बन्ने छ ।

माइक्रोसफ्टभन्दा अगाडी चिनियाँ टेक कम्पनी टेनसेट र जापानी प्रविधि कम्पनी सोनी मात्रै हुनेछन् । दुई कम्पनीबीचको डिलपछि ब्लिजर्डका अहिलेका प्रमुख कार्यकारी अधिकृत बबी कोटिकले नै कम्पनी सम्हाल्ने बताइएको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्या नाडेल्लले पछिल्लो समय भिडियो गेम खेल्नेको संख्या बढ्दै गएपछि यसतर्फ आफूहरुको ध्यान गएको बताएका छन् । विशेषगरी, लकडाउनको समयमा भिडियो गेम प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप