बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा गैँडाको आक्रमणबाट दुई घाइते

बुधबार, ०५ माघ २०७८, १७ : २४
बुधबार, ०५ माघ २०७८

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः ३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको उले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप