शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहरः जिल्ला प्रशासन कास्कीको सेवा कटौती

बुधबार, ०५ माघ २०७८, १८ : ३५
बुधबार, ०५ माघ २०७८

जिल्ला प्रशासन कार्यालय कास्कीका कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि राहदानी लगायतका सेवा स्थगित भएको छ । कार्यालयको राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि केही समयका लागि सेवा स्थगित गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए । 
उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा स्थगित गरिएको छ । तयारी अवस्थामा रहेका राहदानी भने वितरण गरिने छ ।
प्रशासनले भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवा समेत हाललाई बन्द गरेको जनाएको छ । प्रशासनले राहदानी, राष्ट्रिय परिचय पत्र र भारतीय पेन्सन सिफारिस सम्बन्धी सेवाका लागि अनलाईन आवेदन समेत नगर्न आम जनसमुदायमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप