शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कोरोनाको कहर बढ्दै, धमाधम सेवाहरू बन्द

बुधबार, ०५ माघ २०७८, २० : ५६
बुधबार, ०५ माघ २०७८

आज २०७८ माघ ५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. कोरोना संक्रमण हालसम्मकै धेरै

नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 

२. कोरोनाबीच परीक्षा

नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 


३. अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधै विद्युत लिन सक्ने

नेपाल विद्युत प्राधिकरणले अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरुमा बसोबास गर्ने उपभोक्ताहरुलाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने भएको छ । अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई महंगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन् । 

४. बारको आन्दोलनको स्वरूप फेरियो

नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै आएको एसोसिएसनले कोरोना सङ्क्रमणको दर बढ्दै गएको परिस्थितिलाई ध्यानमा राख्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको हो ।

५. विमान चढ्न सरकारले लागू गर्‍यो नयाँ नियम

कोरोना संक्रमितको बढ्दै गएपछि सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो । नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।​

६‍. काठमाडौं जिल्ला अदालतको सेवा कटौती

काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । ​​

७. सिटामोलको अभाव छैन

सरकारले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बजारमा सिटामोलको अभाव नभएको बताएका हुन् ।  बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत उनले सिटामोलसँगै अन्य कुनैपनि औषधि अभाव नभएको बताए । डा.अधिकारीले सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको जानकारी समेत दिए । 

८. नेप्से घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्से ३८ अंक माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ ।  लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा पुनः गिरावट आएको हो ।  

९.  संस्थापक सेयर बिक्रीमा,

बुधबारदेखि बजारमा चार वाणिव्य बैंकसहित ८ कम्पनीको संस्थापन सेयर लिलामी (बिक्री) खुल्ला भएको छ । सिद्धार्थ बैंकसँगै कुमारी बैंक, प्राइम बैंक र प्रभु बैंकको समेत संस्थापक सेयर बिक्री हुन लागेको हो । सिद्धार्थ बैंकले यसअघि नै दुई जना संस्थापकहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेकाले दरखास्त आह्वान गरेको जनाइसकेको छ । 

१०.  मधेस आन्दोलनको १५ वर्ष

 मधेसले अधिकारका लागि संघर्ष गरेको लामो इतिहास भए पनि त्यही संघर्षका कारण स्थापित भएका दलहरुमा देखिएको सत्तामोहका कारण मधेसले अहिलेसम्म अधिकार पाउन नसकेको धेरैको बुझाइ छ । यहाँसम्म कि, सत्ताकै कारण मधेसवादी दलले विभाजनको लामो शृङ्खला झेलेका छन् । परिणामस्वरुप मधेसका एजेण्डा बेलाबखत कमजोर हुने गरेको पाइन्छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप