बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरका विभिन्न ठाउँमा स्थानीय प्रशासनको अनुगमन

बुधबार, ०५ माघ २०७८, २१ : १५
बुधबार, ०५ माघ २०७८

जिल्ला प्रशासन कार्यालयले यहाँको विभिन्न ठाउँमा अनुगमन गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आज सो काम गरिएको हो ।

सातदोबाटोस्थित सेल्सबेरी, ग्वार्कोको बी एण्ड बी अस्पताल तथा पुल्चोकको लबिम महलका साथै पाटनढोकाको भाटभटेनीमा समेत अनुगमन गरी भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको प्रजिअ घनश्याम उपाध्यायले बताए । उनले भने, “हामीले यस स्थानमा गएर कोभिडको जोखिमलाई मध्यनजर गरी विशेषरूपमा ध्यान पुर्याउन अनुरोध गरेका छौं ।” प्रशासनको आग्रह नमान्नेलाई भोलिदेखि जरिवानासमेत गरिने भएको उपाध्यायले जानकारी गराए ।

थप एक सय पत्रकारले लगाए खोप  

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाअन्तर्गतका सदस्य तथा पत्रकार गरी थप एक सयले बुस्टर डोजको खोप लगाएका छन् । सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा आज कोरोनाविरुद्धको तेस्रो खोप दिइएको हो । 

लगनखेलस्थित नमूना मच्छिन्द्र क्याम्पस परिसरमा तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरि कार्कीले बताए । उनका अनुसार भोलि पनि क्याम्पस परिसरमा खोप लगाइने छ । खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन पनि कार्कीले आग्रह गरेका छन् ।

सो खोप मङ्गलबार पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयबाट दिन सुरु गरिएको हो । हिजो सो शाखाका साथै हाल उपत्यकामा क्रियाशील पत्रकारिता गरिरहेका ३५० पत्रकारले खोप लगाएका कार्कीले जानकारी दिए । उनका अनुसार दुई दिनमा शाखाअन्तर्गत ४५० व्यक्तिले खोप लगाइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप