नबिल बैंक सञ्चालक समितिका अध्यक्षले लिए शपथ
नबिल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट तथा नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साह लगायतको उपस्थिति थियो ।
नबिल बैंकले ३७ औं साधारणसभा सम्पन्न गरको तथा अहिलेसम्म गरिआएको कार्यहरुलाई गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा नबिल बैंकले अग्रणी भूमिका कायम राख्ने विश्वास व्यक्त गरेका थिए ।
शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । पौष ३० गते सम्पन्न बैंकको ३७ औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी इन्टरनेशनलको प्रतिनिधिको रुपमा पौडेललाई निर्विरोध निर्वाचित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि