अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै
विहीबार, ०६ माघ २०७८, १२ : ५८

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।
करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्याक्समार्फत १२ लाख सिरिन्ज आउने प्रक्रियामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
नेपाली प्रधानमन्त्रीका भारत भ्रमण किन आउँछन् विवादमा ?
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम