
महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्र– छात्राहरुलाई शैक्षिक सामाग्री एवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमप्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकको सहयोगले धेरै राहत महसुस भएको बताए । यस्तो सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्तरको विकासमासमेत टेवापुग्ने बताए ।
बैंकको सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुवेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्धिमा सधै कटिबद्ध रहने भन्दै आगामी दिनमा पनि सामाजिक र आर्थिक रुपान्तरणका कार्यक्रम गर्दै अघि बढ्ने बताए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ