
राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा २४९ जनाले गरे रक्तदान
राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा २४९ जनाले रक्तदान गरेका छन् । बैंकको केन्द्रीय कार्यालय तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालयमा मात्रै ११२ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै, विराटनगरको कार्यक्रममा ५१ जना, पोखराको कार्यक्रममा ५७ जना, नेपालगञ्जको कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका हुन् । कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियोे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ