
सलमान खानको फिल्म ‘किक’ का अभिनेता अरुण वर्माको निधन
बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला सेलिब्रिटीसँग काम गरेका थिए ।
अरुण वर्माका साथीले दिए जानकारीः
कवि उदय दहियाले फेसबुक अकाउन्टमा अरुण वर्माको निधनको जानकारी दिएका थिए । उनले लेखे, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ । भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् । ’
अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए । थिएटरसँग अरुण वर्मालाई निकै लगाव थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ