शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस चौतारी नेपाल ताप्लेजुङको नेतृत्वमा वसन्त

बिहीबार, ०६ माघ २०७८, १७ : ४१
बिहीबार, ०६ माघ २०७८

प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा वसन्त बालुङवा सर्वसम्मत चयन भएका छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा भएको पाँचौँ अधिवेशनबाट पालुङवा अध्यक्षमा चयन भएका हुन् ।

पालुङवाको नेतृत्वमा ११ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । त्यस्तै  तेन्जिङ शेर्पा सचिव, गंगा लिङखिम र जितेन चेम्जोङ सहसचिवमा चयन भएका छन् । 

कोषाध्यक्ष सङ्गीता कार्की चयन भएको अध्यक्ष वसन्त पालुङवाले बताए । यता सदस्यमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा र सुनिता रसाइली चयन भएका छन् ।

केशव आचार्य र रविना राई प्रदेश प्रतिनिधिमा चयन भएका छन् । तस्तै केन्द्रीय प्रतिनिधिका लागि सुवास आचार्य र सहारा लंवा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप