कर्णालीमा १२५ जनामा कोरोना संक्रमण
बिहीबार, ०६ माघ २०७८, १९ : ३०
कर्णाली प्रदेशमा बिहीबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५८ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३ जना र २६९ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।
जुन बुधबारको भन्दा केही कम हो । बुधबार परीक्षण गरिएका मध्ये झण्डै ५६ प्रतिशतमा कोरोना देखिएको थियो भने बिहीबार ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
बिहीबार सबैभन्दा धेरै सल्यान जिल्लामा ४६ जनामा कोरोना संक्रमण देखिएको छ भने सुर्खेतमा ३८, कालिकोटमा ३१, जुम्लामा ५ र दैलेखमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बिहीबार ३३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाले सहकारी विभागमा मनोनयन गरे १० सदस्य
-
प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
हावाबाट हजारौँ क्षेत्रफलसम्म फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता