बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

शुक्रबार, ०७ माघ २०७८, ०८ : ५०
शुक्रबार, ०७ माघ २०७८

मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक  कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको  मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो । बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र  घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप