बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड, सबै सूचकमा अब्बल

शुक्रबार, ०७ माघ २०७८, ११ : १२
शुक्रबार, ०७ माघ २०७८

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हो ।
यस्तै समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । 

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । 
यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । 

साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ । जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमा छ ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप