मन्त्री रेणु यादवले विवादास्पद अभिव्यक्ति नदिएको प्रदेश राज्यमन्त्री योगेन्द्रको दाबी

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की नदिएको दाबी गरेका छन् । मन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर आलोचना बढ्न थालेपछि राज्यमन्त्री योगेन्द्रराय यादवले संघीय सरकारका मन्त्री यादवको बचाउ गरेका हुन् । बलिदानी दिवसको अवसरमा समाजवादी यूवा संघको आयोजनामा रौतहटको गौरमा आयोजित सभामा मन्त्री यादव पुग्नुपूर्व जनमतका कार्यकर्ताले साङ्घातिक हमलाको प्रयास गरेको आरोपसमेत राज्यमन्त्री यादवले लगाए ।
जनकपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले संघीय सरकारका मन्त्री यादवको बचाउ गरेका हुन् । उनले मन्त्री यादवबाट गौरमा आयोजित सभामा हत्याहिंसाको भाषण नगरिएको दाबीसमेत गरे । मन्त्री यादवले बोलेका कुरालाई सम्पादन गरेर योजनावद्ध रुपमा विवादमा तान्ने काम भइरहेको उनको आरोप छ । राज्यमन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न जनमत पार्टीका कार्यकर्तालाई आग्रह समेत गरे ।
उनले आफुहरुसँग हजारौँ कार्यकर्ता रहेको भन्दै न्यून संख्यामा रहेका जनमतका कार्यकर्ताहरुलाई संयमित भएर बस्न घुमाउरो भाषामा चेतावनी समेत दिए । किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको उनको आरोप थियो ।
गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति मन्त्री रेणु यादवले नदिएको दाबी गर्दै राज्यमन्त्री यादवले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता नै छैन, मन्त्री रेणु यादवज्यूले गौर घटना दोहो¥याउने कुरा गर्नु भएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा