मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको ६ महिनाको नाफा एक अर्ब २३ करोड

शुक्रबार, ०७ माघ २०७८, ११ : ५७
शुक्रबार, ०७ माघ २०७८

सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनामा सवा अर्बमाथिको नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा १ अर्ब २३ करोड रूपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अबधिको भन्दा ३६ करोड रूपैयाँले बढी हो ।
बैंकले गत वर्षको पुस मसान्तसम्म ८७ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रूपैयाँ पुगेको छ ।
यस्तै बैंकको ईपीएस १७.४५ रूपैयाँ कायम भएको छ भने पीई रेसियो १७.३३ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३८.४८ रूपैयाँ छ ।
बैंकले २ अर्ब ३९ करोड रूपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको पुस मसान्तसम्म १ अर्ब ६१ करोड रूपैयाँ थियो । 
बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ७.०५, ९.०८, १.८७ र ३.११ प्रतिशत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप