ad
x

यो पक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्छ

person explore access_timeमाघ ७, २०७८ chat_bubble_outline0

कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।


 यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराइमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्तित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । 



अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपोन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रमा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो । 



यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X