बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष
कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्र रुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुनः सक्रिय पारिएको हो । जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ । अन्तरजिल्ला आवतजावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारत तथा तेस्रो मुलुकबाट र देशका मुख्य सहरबाट जिल्लाभित्र प्रवेश गर्ने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको अवस्थामा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापनाका साथै कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रेशम ढकालले जानकारी दिए ।
बागलुङ नगरपालिका–१ मालढुङ्गा, बडिगाडको खर्बाङ, जैमिनीको छिस्ती, बरेङ र निसीको भलकोट नाकामा स्थानीय तहको समन्वयमा स्वास्थ्य परीक्षण र विवरण सङ्कलन गर्न लागिएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।
पछिल्ला पाँच दिनमा सङ्क्रमितको सङ्ख्या १४ बाट बढेर २५० पुगेको छ । ‘अहिले तपाईको मास्क खोइ ?’ अभियानलगायत चेतनामूलक कार्यक्रम गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै