शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२२ वर्षीय केटाले सेल्फी बेचेरै कमाए करोडौँ

शुक्रबार, ०७ माघ २०७८, १६ : ०५
शुक्रबार, ०७ माघ २०७८

विश्वमा प्रत्येक व्यक्तिको सपना हुन्छ धनी बन्ने । उ आफूसँग घर, बंगला, गाडीसहितको सुखमय जिवन होस् भन्ने चााहन्छ । तर यस्तो चाहना धेरैको अत्यधिक मिहिनेत पश्चात् पूरा हुने गर्छ । तर कतिलाई भने यसमा भाग्यले पनि साथ दिने गर्छ । 

तीमध्ये एक हुन् इन्डोनेशियाका एक २२ वर्षीय विद्यार्थी । इन्डोनेशियाको सेमाराङ्गमा बस्ने सुल्तान गुस्ताफ अल घोजालीले पाँच वर्षको अन्तरालमा खिचेको आफ्नो सेल्फीबाट करोडौँ आर्जन गरेका छन् । कम्प्युटर विज्ञानका विद्यार्थी उनले करिब हजारवटा सेल्फी नन फन्जिबल टोकन्स (एनएफटी) नामको डिजिटल कलेक्टिबल्समा राखे र यसलाई ओपन सी मार्केटप्लेसमा बिक्रि गरिदिए । 


सुल्तानले १८ वर्षदेखि देखि २२ वर्षसम्म दैनिक आफ्नो कम्प्युटर अगाडि कुनै प्रतिक्रिया बिना बसेर वा उभिएर सेल्फी खिचे । त्यसपछि उनले आफ्नो ती फोटो एनएफटीमा परिणत गरे र विक्रिका लागि ओपनसीमा राखे । उनले आफ्नो प्रत्येक फोटोको मूल्य ३ डलर राखे । 

सुल्तानको एनएफटी कलेक्सन १० लाख डलर (१२ करोड रुपैयाँ) पुग्यो । यसले उनलाई रातारात करोडपति बनाएको लाइफस्टाइल एसियाले जानकारी दिएको छ ।

सुल्तानले एक ट्वीट गर्दै आफ्नो फोटोको दुरुपयोग नगर्न आग्रह गरेका छन् । 

‘तपाईंले फोटो फ्लिपिङलगायत गर्नसक्नु हुन्छ तर कृपया मेरो फोटोको दुरुपयोग नगर्नुहोस् नभए मेरा आमाबुवा मसँग रिसाउनुहुन्छ । म तपाईंहरुलाई विश्वास गर्छु, कृपया मेरो फोटोको केयर गरिदिनुहोला,’ उनले भने । 

सुल्तानका कतिपय फोटो त ३ हजार डलर (३ लाख रुपैयाँ) मा समेत बिक्रि भयो । 

उनले आफ्ना सेल्फीको भिडियो कोलाज युट्युबमा पनि अपलोड गरेका छन् । 

लाइफस्टाइल एसियाले प्रकाशित गरेको समाचारमा  उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप