महिला उद्यमशीलताका लागि नबिल बैंकको सहकार्य

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पु¥याउने उद्देश्यले नबिल बैंकले सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालसँग त्रिपक्षीय सम्झौता गरेको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) को कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक शशक्तिकरण हो र महिलाहरुको आर्थिक विकासको लागि यो सम्झौता माध्यम बन्ने बताए ।
हस्ताक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालबीच पुलको काम गरेको भन्दै यो सम्झौताले महिलाको आर्थिक विकाससंगै देशको दिगो विकासमा ठुलो टेवा पुरयाउने बताए ।
वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघले गरेको एउटा पहल हो । स्थापना देखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तीकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरु गर्दै आइरहेको छ ।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको थियो । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेजियन पर्वतारोही हरिला अन्नपूर्णको चुचुरोमा
-
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
कार्की नेतृत्वको सरकार ढल्ने निश्चित
-
ओझालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’
-
नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : महामन्त्री थापा
-
रुसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो