प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
शुक्रबार, ०७ माघ २०७८, ०७ : ४२
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफलअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज बसेको समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण