शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा सुकेको अदुवाका फाइदाहरु

शनिबार, ०८ माघ २०७८, ११ : ४१
शनिबार, ०८ माघ २०७८

सुकेको अदुवाले स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पुर्याउँछन् । चिसो मौसममा मानिसहरु चिसोका कारण विभिन्न समस्याबाट पीडित हुने गर्छन् । चिसोमा खोकी लाग्ने, घाँटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने आदि समस्याहरु हुन्छन् । यस्ता समस्याहरुबाट बच्नका लागि सुकेको अदुवा निकै फाइदाजनक हुन्छ । पाचन प्रक्रियालाई सक्रिय बनाउन पनि सुकेको अदुवा उपयोगी हुन्छ । यो एन्टिअक्सिडेन्ट, एन्टीब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी आदि गुणले भरिपूर्ण हुन्छ । यसमा क्याल्शियम, सोडियम, म्याग्नेसियम, आइरन, फाइबर, भिटामिन ए, भिटामिन सी, जिंक, फोलेट एसिड, फ्याटी एसिड जस्ता तत्वहरु पाइन्छन् । यसले काँढा र चूर्णको काम गर्छ । 

सुकेको अदुवामा निकै गर्मीपना हुन्छ । जसको कारण चिसो मौसममा चिसो लाग्न र फ्लुबाट बच्नका लागि मद्दत गर्छ । सुकेको अदुवाको काँढा बनाएर पिउँदा विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । आधा लिटर पानीमा आधा सानो चम्चा सुकेको अदुवा मिसाएर ७५० मिलि उमालेर पिउँदा विभिन्न फाइदाहरु हुन्छन् :

कब्जियतबाट छुटकारा 
चिसोमा धेरै व्यक्तिहरु कब्जियतको समस्याबाट गुज्रिरहेका हुन्छन् । यसबाट छुटकारा पाउनका लागि सुकेको अदुवा निकै फाइदाजनक मानिन्छ । आयुर्वेद विशेषज्ञ डा. रेखा राधामोनीले बिहान दिसा गर्न समस्याहरुले एक गिलास सुकेको अदुवाको पानी पिउन सुझाव दिएकी छन् । 

खकारको समस्या 
सुकेको अदुवाले खकार आउने समस्याबाट बचाउँछ । यसका साथै सुकेको अदुवाको सेवनले मौसमी फ्लु, खोकी र चिसो हुने समस्याबाट बचाउँछ । 

पाचन प्रक्रिया तन्दुरुस्त बनाउँछ 
पाचन प्रक्रियालाई स्वस्थकर बनाउन सुकेको अदुवा फाइदाजनक मानिन्छ । पेट दुख्ने र बेचैनीबाट बच्नका लागि सुकेको अदुवाको सेवन गर्न आवश्यक छ । 

तौल घटाउन 
तौल घटाउनका लागि पनि सुकेको अदुवाको सेवन फाइदाजनक हुन्छ । यसले मेटाबोलिज्म बढाउँछ भने दोस्रो अस्वस्थकर खानेकुराको चाहानाबाट बचाउँछ । यसरी दुवै कुराले तौल कम गर्न मद्दत गर्छ । 

रोगप्रतिरोधी क्षमता 
चिसो मौसममा रुघाखोकीको लक्षणहरु देखिएमा वा संक्रमण भएमा रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । 

जोर्नीहरुको समस्या
जोर्नीहरु दुख्ने समस्याबाट बच्नका लागि सुकेको अदुवाको सेवन फाइदाजनक मानिन्छ । जसमा जोर्नीको समस्या छ त्यस्ता व्यक्तिले सुकेको अदुवाको सेवन गर्न आवश्यक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप