बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोग्रामिज लोकस–२०२१ को 'आइटोनिक्स ह्याक अ विक'को लागि दर्ता सुरु

शनिबार, ०८ माघ २०७८, १२ : ०३
शनिबार, ०८ माघ २०७८

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा लोकस–२०२१ को आयोजनामा 'इटोनिक्स ह्याक अ विक' प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताका लागि प्रतिष्पर्धीहरुको दर्ता सुरु भएको छ । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त पहलमा सञ्चालमा ल्याएको संस्था लोकसले आयोजना गरेको उक्त प्रतियोगिता हरेक वर्ष सञ्चालन हुँदै आएको छ । यो प्रतियोगिता माघ १६ गतेदेखि २२ गतेसम्म ७ दिन चल्ने आयोजक समूहले जनाएको छ । प्रतियोगिता अन्तर्गत ४ वटा विद्यामा भाग लिन सकिने व्यवस्था गरिएको छ । 

लोकसका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श बोहराका अनुसार यस प्रतियोगितामा 'हेल्थ एण्ड पेन्डामिक सेन्सपोन्स', 'फाइन टेक', 'टुरिजम' र 'इन्नोभेसन युजिङ एण्ड डाटा साइन्स' रहेका छन् । यसमध्ये कुनै एक विद्यामा भाग लिन पाइने अध्यक्ष बोहोराले बताए ।  

हरेक विद्यामा तीनदेखि चारजनाको समूह बनाएर प्रतियोगितामा भाग लिन सकिने अध्यक्ष बोहोराले बताए । यस प्रतियोगितामा पुरस्कारको राशि जम्मा ८० हजार रहेको छ । भने ४ वटा समूहलाई २०/२० हजार दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप