बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देही प्रहरीद्वारा तीन अधिकृतलाई अवार्ड प्रदान

शनिबार, ०८ माघ २०७८, १२ : ४८
शनिबार, ०८ माघ २०७८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हरेक महिना उत्कृष्ट कार्य गर्ने मातहतका चौकी इन्चार्जहरुलाई प्रदान गर्दै आएको हाई इ​न्टीग्रेटी इन्चार्ज अवार्ड पुस महिनामा तीनजना प्रहरी अधिकृतहरूलाई प्रदान छ ।  

शनिवार  ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी बिट बसपार्क भैरहवामा  कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बम्जन र प्रहरी चौकी पोहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज कुमार तिवारीलाई उक्त अवार्ड प्रदान गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले उनीहरुलाई अवार्ड प्रदान गरेका छन् ।

आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको भन्दै उनीहरुलाई उक्त अवार्ड दिइएको बताइएको छ । फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, मादक पदार्थ सेवन बिरुद्धको कारवाही लागयतका काममा उत्कृष्ट कार्य गर्ने  प्रहरी चौकी प्रमुखहरुलाई ती अवार्ड प्रदान गरिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप