शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब इ–क्याबमार्फत ट्क्याक्सी सेवा, यस्तो छ यसको सुविधा

शनिबार, ०८ माघ २०७८, १५ : ३७
शनिबार, ०८ माघ २०७८

इ–क्याबले यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सूफत मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–सेवा शुभारम्भ गरेको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् ।

यो नेपालकै पहिलो क्यु आर (QR code) कोड सहितको एप्मार्फत दिइने सेवा हो । यसमार्फत सेवाग्राहीले डिजिटल भुक्तानी वा सोझैँ नगद भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिका लगायतका विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने जनाइएको छ । 

पासवर्ड सहितको यो एप प्रयोगका लागि २ तहको अधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ, जुन सहज र सुरक्षित् छ । यात्रा सुरु गर्नुअगाडि (Ride verification code) निश्चित गर्नुपर्ने हुन्छ । नयाँ प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दैछ, साथी र परिवारले एसएमएस वा इमेलबाट तत्काल जानकारी प्राप्त गर्न सकिनेछ ।

यो सेवामार्फत ठगिनबाट जोगिने र समान छुट्ने, हराउने या दुर्घटनाबाट समेत सुरक्षित हुने  ई–क्याब नेपालका अध्यक्ष दिपक श्रेष्ठले बताए । ‘हामी विदेशमा बसे पनि हामीले सिकेका प्रविधि र कमाइलाई आफ्नै देशमा खर्च र लगानी गरि रोजगारी सृजना गर्ने चाहना भएर यो सेवालाई नाफामुखीभन्दा सेवा मुखीको रुपमा लिएर आएका छौ’ अध्क्षय श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप