बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

शनिबार, ०८ माघ २०७८, १७ : ५४
शनिबार, ०८ माघ २०७८

 बाँकेको जिल्लाको खजुरामा  एक किशोरीलाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १६ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा खजुरा १ सैनिकका हरिश सुनार र स्थानीय नेप्टे रहेका छन् ।

सुनारले उनकै भे १० प ८६३ नं. मोटरसाइकलमा बसाली अन्य ४ जना साथीको सहयोगमा अपहरण गरी जङ्गलमा र उनकै घरमा गरि २ पटक बलात्कार गरेको युवतीले प्रहरी समक्ष बयान दिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन्  प्रहरीले स्थानीय अन्य  फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप