शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लता मंगेशकरबारे अस्पतालले जारी गर्यो नयाँ जानकारी

शनिबार, ०८ माघ २०७८, १८ : ४७
शनिबार, ०८ माघ २०७८

भारतकी चर्चित गायिका लता मंगेशकरको अवस्थामा सुधार भएको तरपनि उनी अस्पतालको इन्टेन्सिभ केयर युनिट अर्थात् आइसीयूमा नै भर्ना हुने अस्पतालले जानकारी दिएको छ । 

हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित पाइएकी थिइन् । त्यसपछि उनलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो । 

लता मंगेशकरको स्वास्थ्यको विषयमा पछिल्लो जानकारी दिँदै ब्रीच क्यान्डी अस्पतालका असोसिएट प्राध्यापक डाक्टर प्रतीत सामदानीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘उनको स्वास्थ्यमा सुधार छ । उनी आइसीयूमा छिन् । उनी कति दिनसम्म अस्पतालमा भर्ना हुनेछिन् भनेर जानकारी दिन मुश्किल छ ।’

लता मंगेशकरको परिवारसँग नजिक अनुषा श्रीनिवासन अय्यरले गायिकाको स्वास्थ्यमा सुधार भएको बताएकी छिन् । 

 


उनले एक बयान जारी गरेर भनिन्, ‘लता दिदी पहिलाको तुलनामा अब निकै राम्रो भएकी छिन् र डाक्टर प्रतित सामदानीको नेतृत्व भएको डाक्टरको शानदार टीमको निगरानीमा आइसीयूमा उनको उपचार चलिरहेको छ । उनी छिटो निको भएर छिट्टै घर फर्किउन् भन्ने हामी कामना गर्छौँ ।’

शुक्रबार सोसल मिडियााम लता मंगेशकरको स्वास्थ्य स्थिति बिग्रियो भन्ने अफवाह चलेको थियो । 

यी अफवाहलाई खारेज गर्दै अय्यरले भनिन्, ‘तपाईंसँग निवेदन गर्छु कि यस्तो प्रकारको गलत खबरलाई प्रश्रय नदिनुहोस् । परिवार र डाक्टरलाई आफ्नो काम गर्न दिनुहोस् । लता दिदी छिट्टै निको भएर घर फर्किउन् भन्ने कामना गर्नुहोस् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप