शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

शनिबार, ०८ माघ २०७८, २० : ४४
शनिबार, ०८ माघ २०७८

कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । 

आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । आज हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप