शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ३८८ जनामा सङ्क्रमण, एकको मृत्यु

शनिबार, ०८ माघ २०७८, २१ : ४१
शनिबार, ०८ माघ २०७८

सुदूरपश्चिम प्रदेशमा शनिबार थप ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ३४४ जनाको नमूना परीक्षण गर्दा ३८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पिसीआर मार्फत १८८ र एन्टिजेनमार्फत २०० जनामा पुष्टि भएको हो । पिसीआर मार्फत सेती प्रादेशिक अस्पतालमा १७६, डडेल्धुरा अस्पतालमा आठ, कमल बजार अस्पातालमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका ८७, कैलालीका ५२, बाजुरामा छ, दार्चुलाका १३, बझाङका पाँच, बैतडीका सात, डडेल्धुराका १५ र अछामका १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर ३६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि शुक्रबार यस प्रदेशमा ५६५ जनामा सङ्क्रमण पुष्टि हुँदा २३ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१७ जनाको ज्यान गइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप